संविधान रक्षाका लागि पुरानै गठबन्धनमा फर्किए : प्रचण्ड

Prachanda-dd
44

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले शान्ति, संविधान र उपलव्धीको रक्षाका लागि पुरानै गठबन्धनमा फर्किनुपरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्तावमा उठेका प्रश्नको जवाफ दिदै एमालेबाट शान्ति, संविधान र उपलव्धीको रक्षाको संभावना नदेखेपछि आफु पुरानै गठबन्धनमा फर्किनुपरेको बताएका हुन् ।

उनले आफुलाई पद नभएर संविधान, शान्ति, लोकतन्त्र गणतन्त्र नै प्यारो भएकाले दुई महिनामा नै गठबन्धन परिवर्तन गर्नुपरेको जिकिर गरे । प्रचण्डले आफु एमाले खोज्दै नभएको भन्दै एमालेले नै आफुलाई खोज्दै आएको तर्क गरे । उनले दुईपल्ट केपी ओलीलाई प्रधानमन्त्री बनाएको भन्दै एउटा तिरेको र अर्को बाँकी नै रहेको जिकिर गरे ।



प्रधानमन्त्री प्रचण्डले पुष १० गते भएको सहमति बिपरित केपी ओलीले संविधान बिघटन लगाएतका बिषयमा बोलेका कारण कांग्रेससंग लभ परेको उल्लेख गरे । कांग्रेससंगको लभ पदका लागि नभएर प्राप्त उपलव्धी रक्षाका लागि नै भएको उनको भनाइ छ ।

नेकपा एमाले अध्यक्ष ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बाँयापट्टी लबिमा आइपुग्ने दाबी गरेको उल्लेख गर्दै त्यसको निर्णयको जिम्मा सांसदहरुलाई छोडेको पनि बताए । उनले ओलीको भनाइलाई पुष्टि गर्ने वा नगर्ने भन्ने निर्णय सांसदहरुमा छोडेको पनि बताए ।
उनले भने, ‘त्यतिबेला उहाँले तपाईं वैशाखभन्दा उता जानुहुन्न भन्नुभएको छ । उहाँले भनेका वैशाखमा राष्ट्रपतिको बाँयापट्टी लबिमा तपाईं र म एकैठाउँमा हुन्छौं भन्नुभएको छ । उहाँको भनाईलाई पुष्टि गर्ने कि हामीहरु सबैको हातमा छ ।’

प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष ओलीलाई आफूले दुई पटक प्रधानमन्त्री बनाएकाले अझै एक पटक ओलीले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्नुपर्ने बताए । उनले अझै एक प्रधानमन्त्री बनाएको ऋण तिर्न बाँकी रहेकाले त्यसको हिसाव राख्न आग्रह पनि गरे ।



उनले भने , ‘ओलीजीलाई मैले आभार व्यक्त गरेको छु तपाईंले मलाई प्रधानमन्त्री बनाउनु भयो भनेर । मैले तपाईंलाई २ पटक प्रधानमन्त्री बनाएको थिएँ, तपाईंले मलाई ब्याज तिर्नुपर्ने थियो । ऋण तिर्नुपर्ने थियो । अझै एक पटक बाँकी छ । हिसाव राख्नुहोला ।’

Support Nepali Journalism

Author