प्रधानमन्त्री कै कारण सरकार छोड्न बाध्य भयौं : उपाध्यक्ष पौडेल
काठमाडौं । नेकपा एमालेले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान रोक्ने प्रधानमन्त्री प्रचण्डको कदमप्रति आपत्ति जनाएको छ ।
सोमवारको सचिवालय बैठकपछि उपाध्यक्ष विष्णु पौडेलले एमालेका मन्त्रीहरूप्रति सरकारको व्यवहारप्रति आपत्ति जनाएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डको ब्यवहारकै कारण एमाले तत्काल सरकार छोड्न बाध्य भएको दाबी गरे ।
‘मन्त्रिपरिषद निर्णयको आधारमा जेनेभा जानु लाग्नु भएका एमालेको परराष्ट्रमन्त्री विमला राइलाई अन्तिममा आएर नजाने भनेर निर्देशन गरे त्यती मात्र नभएर हामीलाई स्वेच्छाले सरकार छाड्ने नभएर आफैले सरकारबाट हटाउने जस्ता अभिव्यक्ति दिएपछि र नेकपा एमाले र एमालेका सदस्यहरुप्रति टिप्पणी गरेपछि हामीले यो सरकारमा रहिरन उचित देखेनौं । ’
प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तीले एमाले प्रतिपक्षमा जाओस् भन्ने देखिएको बताए।