सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिमा कसलाई मत दिनेबारे निर्णय गर्न बाँकी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।
प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपाको आज बसेको केन्द्रिय समिति बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको बुर्लाकोटीले जानकारी दिए ।
उनले राष्ट्रपतिको सन्र्दभमा एमालेको तर्फबाट पनि पत्र प्राप्त भएको र आठ दलीय गठबन्धनको तर्फबाट पनि मत मागेको विषयमा बैठकमा छलफल भएको तर ठोस निर्णय नगरिएको बताए ।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा भने दुवै पक्षले मत मागेको र अझै पनि सहमतिको पहल भइरहेकाले निर्णय नगरिएको उनले बताए ।
उनले सरकारलाई दिएको सर्मथन भने फिर्ता नलिएको जानकारी दिए ।
उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिने समय पनि बाँकी रहेकोले तत्काल निर्णय नगरिएको बताएका उनले भर्ने दलहरुले उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिने समय सकिएपछि आवश्यकता अनुसार दलको बैठक बसेर निर्णय गरिने छ ।’