स्वदेशमै सपना पुरा गर्न सकिन्छ : मन्त्रीमोदी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले, नेपालमै बसेर आफ्ना सपना पुरा गर्न सकिने भन्दै स्वदेशमै मेहनेत गर्न विद्यार्थीहरुलाई सुझाव दिएका छन् ।
प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले आफुले विद्यार्थी कालमै आन्दोलनमा होमिएको बताए ।
‘मेरो ईच्छा र चाहाना देश र जनताको निम्ती हो । हामी पनि विद्यार्थि राजनीतिबाटै यहाँ आईपुगेकोले तपाईहरुलाई विशेष आग्रह गर्न चाहन्छु तपाईहरुले बुबा आमालाई सम्झीनु पर्छ र उहाँहरुको सपना र देखेको बाटो याद गर्नु पर्छ ।’ मन्त्री मोदीले भने।
उनले जीवनमा आफुले सोचेका सबै सपना पुरा नुहने भन्दै, जीवनमा मानीसको सबै इच्छा पुरा हुन नसक्ने बताए ।
उनले भने, ‘तर ईतिहास बनाउँनु पर्छ । इतिहास नेपालबाट बनाउँन सक्छौँ । नेपालकै जीवन जगतमा रहेका विद्यार्थिहरुले मात्र गर्न नसक्छन् किनकी नयाँ कुरा सिक्ने त्यहि वेला हो ।’