पोखरामा यती विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक
काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले पोखरा आफ्नो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।प्रतिवदेनमा दुर्घटनाको कारण प्रष्ट रुपमा खुलाइएको छैन् ।
दुर्घटनाको प्रारम्भिक बुधबार प्रतिवेदन सार्वजनिक गर्दै आयोगले, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ‘वानटू’बाट भीएफआर उडानको अनुमति दिनु अगाडि विस्तृत अध्ययन गर्नसरकारलाई सिफारिस गरेको छ ।
पोखरामा माघ एक गते दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन–एएनसी जहाज सोही धावनमार्गबाट अवतरणको तयारीमा थियो। प्रतिवेदनमा ‘वानटू’ धावनमार्गबाट भीएफआर उडान अनुमति दिनु अगाडि कति उचाइमा जहाज स्थिर हुन्छ र अवतरण गर्न सक्छ भन्नेबारे विस्तृत अध्ययन गर्न सरकारलाई सिफारिस गरेको उल्लेख छ ।
छानविन आयोगका एक सदस्यले भने दुर्घटनाको अवस्था कसरी सृजना भयो भन्नेबारे पुर्ण प्रतिवेदन नै कुर्नुपर्ला तर हामीले देखेको कुरा प्रारम्भिक प्रतिवेदन मार्फत सरकारलाई सुझाव दिएका छौं । मैले अहिले यतिमात्रै भन्न सक्छु।
अनुसन्धानका क्रममा देखिए अुनसार दुबै इन्जिनको कारण जहाजका पंखाको अवस्थिति जहाजलाई अगाडि बढाउन योग्य थिएनन् भन्ने देखिन्छ । उनले भने जहाज अगाडि बढ्न सक्ने अवस्था नभएरै जहाज भुइँमा झर्न पुगेको हो । यसमा पुर्ण अध्ययनविना कसैलाई दोष देखाउन मिल्दैन ।
तर प्रारम्भिक अध्ययनमा विमान दुर्घटना खराब मौसमका कारण भने नभएको प्रष्ट भएको छ । दुर्घटनाका बेला ६ किलोमिटर भिजिबिलिटी देखिएका कारण मौसमी कारणले भने दुर्घटना नभएको प्रष्ट भएको हो ।
पोखरा यती विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक स् दुर्घटनाको कारण पुर्ण प्रतिवेदनमा मात्रै भन्न सकिने ९प्रतिवेदन सहित०
काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले पोखरा आफ्नो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवदेनमा दुर्घटनाको कारण प्रष्ट रुपमा खुलाइएको छैन् ।
बुधबार दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै आयोगले, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ‘वानटू’बाट भीएफआर उडानको अनुमति दिनु अगाडि विस्तृत अध्ययन गर्नसरकारलाई सिफारिस गरेको छ ।
१ माघ २०७९ मा पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन–एएनसी जहाज सोही धावनमार्गबाट अवतरणको तयारीमा थियो ।
प्रतिवेदनमा ‘वानटू’ धावनमार्गबाट भीएफआर उडान अनुमति दिनु अगाडि कति उचाइमा जहाज स्थिर हुन्छ र अवतरण गर्न सक्छ भन्नेबारे विस्तृत अध्ययन गर्न सरकारलाई सिफारिस गरेको उल्लेख छ ।
छानविन आयोगका एक सदस्यले भने दुर्घटनाको अवस्था कसरी सृजना भयो भन्नेबारे पुर्ण प्रतिवेदन नै कुर्नुपर्ला तर हामीले देखेको कुरा प्रारम्भिक प्रतिवेदन मार्फत सरकारलाई सुझाव दिएका छौं । मैले अहिले यतिमात्रै भन्न सक्छु।
अनुसन्धानका क्रममा देखिए अुनसार दुबै इन्जिनको कारण जहाजका पंखाको अवस्थिति जहाजलाई अगाडि बढाउन योग्य थिएनन् भन्ने देखिन्छ । उनले भने जहाज अगाडि बढ्न सक्ने अवस्था नभएरै जहाज भुइँमा झर्न पुगेको हो । यसमा पुर्ण अध्ययनविना कसैलाई दोष देखाउन मिल्दैन ।
तर प्रारम्भिक अध्ययनमा विमान दुर्घटना खराब मौसमका कारण भने नभएको प्रष्ट भएको छ । दुर्घटनाका बेला ६ किलोमिटर भिजिबिलिटी देखिएका कारण मौसमी कारणले भने दुर्घटना नभएको प्रष्ट भएको हो ।
नेपाल न्युज बैंक