अपहरणको नाटक गरेको आरोपमा ६ जना पक्राउ
काठमाडौं । प्रहरीले अपहरणको नाटक गरेको आरोपमा काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टबाट स्थानीय विदुर बस्नेत, काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा, आशमान लामा, चितवनका दिलिप विक र सर्लाहीका भोला महतो नुनिया रहेका छन् ।
उनीहरुले अपहरणमा नपरी अपहरण भएको भन्दै परिवारका सदस्यलाई खबर गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।