नेपालको राजनीति सबैको लागि बिडम्वना भयो : भीम रावल

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नेपालको राजनीति सबैको लागि विडम्वनाको कुरा भएको बताए ।
नेपालकी पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले नागरिकता जस्तो अत्यन्त सम्वेदनशिल कुरा थाहा नहुने व्यक्ति गृहमन्त्रालय नै चाहिन्छ भन्दै पछि लागेको आरोप लगाए ।
‘आज मन्त्रीहरुलाई हेरौं जसको वैदेशिक रोजगारी कम्पनी छ उहि श्रममन्त्री, जो निजी स्कुल एकदम महंगो छ उहि शिक्षा मन्त्री जसलाई’ एमाले नेता रावलले भने ‘नागरिकता जस्तो अत्यन्त सम्वेदनशिल ,राष्ट्रियतासँग सम्बन्धित हो नागरिकता निजलाई खोजि खाजि त्यही नागरिकतालाई स्वच्छ बनाउने गृह मन्त्रालय ,गृहमन्त्रालय छोडेपछि त्यही चाहिन्छ भन्नु महाअभियान साँचै यो देशमा सुशासन आउनैं लाग्या हो ।’
राजनीतिक दलहरु नै पदको लागि हानाथाप गरेको र सम्पुर्ण जनताहरु अन्योलपुर्ण अवस्थामा रहेको बताए ।
देश विकास र निमार्णका कुरा गर्नेहरु आफ्ननो स्वार्थ पुरा गर्न एक अर्कोको खट्टा तान्ने प्रवृत्ति नेपाली राजनीतिमा हावि भएको रावलको दावि छ ।