सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्तिको २४ घन्टे अल्टिमेटम
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले, कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।
एक विज्ञप्ति जारीगर्दै, सांसद चौधरीलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको सो पार्टीले त्यसअवधिमा रिहा नभए आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
आफ्नो पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद चौधरीलाई पक्राउ गरेकोप्रति भत्र्सना गर्दै सो पार्टी प्रवक्ता दामोदर पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो गतिविधि सम्पूर्ण आदिवासी थारुजाति र पहिचानवादीहरू माथिको विभेद भएको नागरिक उन्मुक्तिको ठहर रहेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ ‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घण्टा भित्र रिहा नगरे, त्यसपछिका घटनामा आफैँ घट्ने घटनाको परिणामको दोषी सरकार र सम्बन्धित निकाय हुनेछ,’
२०६६ देखि आजसम्म ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका चौधरीको विषयमा अहिलेसम्म राज्य तथा निर्वाचन आयोग के हेरेर बसेको थियो भन्दै सो पार्टीले पूर्वाग्रहि आँखाले किन हेरियो भन्दै प्रश्न उठाएको छ ।