अर्जेन्टिनाले १००० को नोटमा राख्यो मेस्सीको तस्बिर र हस्ताक्षर भन्ने दाबी गलत
काठमाडौं । कतारमा आयोजित विश्वकप फुटबलको उपाधि जिताउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको भन्ने समाचार गलत भएको पुष्टी भएको छ ।
फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि उचालेर घर फर्किएलगत्तै अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको भनि सामाजिक सञ्चालमा भाइरल भएको थियो ।
विश्वकप जितेपछि मेस्सीको तस्बिरअंकित पेसोको १००० को नोटमा उनकै हस्ताक्षर पनि रहेको भनि उक्त पोष्टहरुमा दाबी गरिएको थियो ।
अहिले अर्जेन्टिना विश्वकपको खुसीमा झुमेको छ। त्यहाँको राजधानी ब्युनसआयर्सकै सडकमा करिब ५० लाख मानिस निस्किएर खुसीयाली मनाएका थिए।















