मेस्सीलाई विश्वकप : अर्जेन्टिनाद्वारा फ्रान्स ट्राइब्रेकरमा ४-२ ले पराजित
कतार दोहा / ‘सर्वकालिन महान’ खेलाडी अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई बाँकी त्यही एउटा कुरा थियो जुन कतार विश्व कपले पुरा गर्यो ।
सन् २००६ देखि विश्व कप मैदानमा अर्जेन्टिनाको जर्सी लगाएका मेस्सीले त्यसको चार वर्ष पछि टिमको कप्ताती गर्न थालेका हुन्। त्यस यताको हरेक विश्व कपमा उनको टिम रित्तो हात घर फर्किदै आएको थियो।
उनी सात पटक बालोन डी’ओर विजेता, १० पटक ला लिगा च्याम्पियन र चार पटक युईएफए च्याम्पियन्स लिग विजेता हुन्। उनले आफ्नो कप्तानीमा २०२१ कोपा अमेरिकामा अर्जेन्टिनालाई जिताएका थिए। यो उनको आफ्नो पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि थियो। तर उनी विश्वकपको उपाधि जित्न असफल रहदै आएका थिए।
सम्भवत अन्तिम विश्व कप खेलेका मेस्सीले पाँचौ प्रयास पछि पहिलो र दुई पटकको च्याम्पियन अर्जेन्टिनाले ३६ वर्ष पछि पुन ट्रफि उचालेको छ।
यो सफलता दिलाउन मेस्सीको टिमले कतारको दोहामा आइतवार सम्पन्न विश्व कप फुटबलको फाइनलमा केलियन एमबाप्पे प्रेरित साविक विजेता फ्रान्सको कठिन खड्को टार्यो। खेलमा दुई पटक अग्रता गुमाएर पनि अर्जेन्टिना विजेता बन्यो।
पहिलो हाफमा अर्जेन्टिनाले दुई शुन्यको अग्रता बताएता पनि दोस्रो हाफको खेल एकाएक रोमाञ्चित बन्यो।
लुसेल रंगशालमा पहिलो हाफमा अर्जेन्टिनाका मेस्सी र एन्जिल डीमारियाले एक एक गोल गरे। मेस्सीले २३औं मिनेटमा प्राप्त पेनाल्टीको सदुपयोग गरे। फ्रान्सका ओउस्मान डेम्बेलेले डीमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।
३६औं मिनेटमा डीमारियाले आफैले गोल गरे। उनको गोल सुन्दर टिम । म्याकलिस्टरको पासलाई डीमारियाले न्याय गरेका थिए।
साविक विजेता फ्रान्स दोस्रो हाफमा जुर्मुरायो । एमबाप्पेले ८० मिनेट पछि ९० सेकेण्डमा लगालग दुई गोल गरे पछि खेलको कथा नै फेरियो । पेनाल्टीमा गोल गरे लगत्तै एमबाप्पेले अर्को सुन्दर गोल फर्काए।
निर्धारित समयमा दुई दुई गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुबै टिमले एक एक गोल गरे।
१०८औँ मिनेटमा गोल मेस्सीले अर्जेन्टिनालाई दोस्रो पटक अग्रता दिलाए । तर त्यसको दश मिनेटमा एम्बाप्पेले फेरि खेल बराबरीमा ल्याए। उनले पेनाल्टी मार्फत गोल गर्दै विश्व कप फुटबलको फाइनलमा ह्याट्रिक पुरा गरे।
एम्बाप्पे विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन्। यस अगाडी सन् १९६६ को फाइनलमा जर्मनीलाई ४-२ ले हराउदा इङ्ल्यान्डका ज्योफ हर्स्टले ह्याट्रिक गरेका थिए।
तर एम्बाप्पेको यो ह्याट्रिक ओझेलमा पर्यो जति बेला खेल ट्राइब्रेकर हुदै उपाधि अर्जेन्टिनाले जित्यो।
ट्राइब्रेकरमा पहिलो प्रहार गर्न एम्बाप्पेले गोल गरेपनि फ्रान्सका ओउरेलिन चुआमेनी र किङग्स्ले कोमान प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले विफल पारिदिए।
यता अर्जेन्टिनाका मेस्सी साथै आउलो डिबाला, लेन्ड्रो पारेडेस र गोन्जालो मोन्तेइलको प्रहार गोलमा परिणत भए पछि अर्जेन्टिमा तेस्रो पटक विश्व कप जित्न सफल भयो ।
अर्जेन्टिनाले १९७८ र १९८६ मा विश्व कप जितेको थियो। विश्व कप जित्न नसकेको भन्दै दबैव मेस्सीको आलोचना हुदै आएको थियो । मेस्सीले खेलको प्रतियोगिता नजितेको पनि विश्व कप मात्र थियो।
यस पटकको विश्व कपको समूह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरब सँग पराजित भएको थियो। तर त्यस पछि मेस्सीलाई पछाडी फर्कनु परेन ।
समुह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिको र तेस्रो खेलमा पोल्यान्डलाई हराएको थियो। क्वाटरफाइनमा अस्ट्रेलियालाई २–१ हराएको अर्जेन्टिनाले सेमिफाइनलमा नेदरल्यान्ड्सको चुनौति ट्राइब्रेकरमा ४–३ ले पन्छाएको थियो।
सेमीफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो।
अर्जेन्टिना यसअघि अन्तिम पटक सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो। २०१८ को विश्व कपमा भने क्वाटरफाइनलमा फ्रान्स सँग नै पराजित भएको थियो।
फोटो : फिफा टडकमबाट















