कांग्रेस नेता रामचन्द्र पौडेललाई सम्मान गर्दै जापान सरकार
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मानित गर्ने भएको छ ।
नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।
तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो ।
नेपालस्थित जापानको दूतावासले अब बिहीबार नेता पौडेललाई उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्ने जानकारी दिएको छ ।
पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने छन् ।














