काभ्रे दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न प्रचण्डको माग
काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोकमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् ।
उक्त दुर्घटनामा परी निधन भएकाहरू प्रति श्रद्दाञ्जली दिदैं उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।










