अझै पनि चलिराको छ रावल र बालेनको वाकयुद्द
काठमाडौं । भीम रावल र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीचको वाकयुद्द अझै पनि चलिरहेको छ ।
शुक्रवार सामाजिक सञ्जालमा सुरु भएको रावल र बालेनबीचको टिप्पणी अझै बढेको हो ।
रावलले फेरी सोधेका छन् ‘म फेरि पनि बालेनजीलाई प्रश्न गर्छु – के तपाईंले परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेट्नुभएको हो’,
‘तपाईंले भन्नुभएझैं ‘उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएपछि’ भेटेको हो भने उहाँले परराष्ट्र मन्त्रालयबाट ‘स्वीकृति लिएर आएको जानकारी तपाईंलाई कसरी भयो? परराष्ट्र मन्त्रालयको पत्रबाट? फोनबाट वा इमेलबाट? पत्र वा इमेल भए त्यसको प्रतिलिपि वा फोनबाट भए स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्नुहोस्।’
यस क्रममा रावलले आफ्नो प्रश्नको सीधा जवाफ नदिएर मेयर शाहले असान्दर्भिक कुरा गरेको आरोप पनि लगाएका छन्।
‘…बालेन साहजीले परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको भए अनुमति लिएर भेटेको भन्ने सरल जवाफ दिएको भए त्यो जिम्मेवारपूर्ण पर्याप्त र इमान्दार जवाफ ठहरिन्थ्यो’, रावलले भनेका छन्, ‘तर उहाँले ‘तपाईंहरूजस्तो विदेशी सहयोग माग्ने कुनै रहर छैन’ भन्ने असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेबाट नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौं भन्ने मेरो भनाइले घोचेको हो कि?’














