दोस्रो बाना कप अन्तर राज्य भलिवल शनिवार देखि
बाल्टिमोर । दोस्रो बाना कप अन्तर राज्य भलिवल प्रतियोगिता (जुलाई २३) शनिवार देखि मेरिल्याण्डमा (8221 Preston Ct, Jessup, MD 20794) हुदै छ।
बाल्लिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (बाना) को आयोजनामा दुई दिन सम्म चल्ने प्रतियोगितामा महिला तथा पुरुष दुबै तर्फ प्रतिस्पर्धा हुने छ।
अमेरिका भित्र बसोबास गर्ने नेपालीहरु बिच सद्भभाब एवम् खेलकुद विकासको उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बानाका अध्यक्ष सुवोध पन्तको भनाई छ।
प्रतियोगितामा पुरुष तर्फ आठ स्टेटका १८ टिम सहभागि छन् । सहभागि टिमलाई चार समुहमा विभाजन गरि लिगकम नकमाउटका आधारमा खेलाइने छ।
प्रतियोगिता संयोजक भीम केसीका अनुसार लिगका आधारमा हुने समुह चरणको खेलका विजेता र उप विजेता क्वाटर फाइनलमा पुग्ने छन्।
यस्तै पहिलो पटक हुन लागेको महिला तर्फको स्पर्धामा चार टिम रहेका छन्। महिलाको खेल राउण्ड रोबिन लिगका आधारमा हुने छ।
बानाका महासचिव सागर घिमिरेका अनुसार प्रतियोगितामा पुरुष तर्फको विजेताले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर नगद पाउने छन् । उस्तै उपविजेताको भागमा तीन हजार तीन सय ३३ डलर पर्ने छ।
महिला तर्फ विजेताले एक हजार एक सय ११ डलर र उप विजेताले सात सय ७७ डलर पाउने छन्।
इनडोर प्रतियोगिताको फाइनल खेल आइतवार हुने छ। खेल अमेरिकी भलिबल संघको नियम अनुसार खेलाईने छ ।
सहभागि टिम र खेल तालिका