अमेरिकामा सम्पन्न कुक्किवान तेक्वान्दो एक्स्पोमा २० नेपाली

वासिन्टन डिसी । अमेरिकामा सम्पन्न कुक्किवान तेक्वान्दो एक्स्पोमा नेपाली २० जना प्रशिक्षक सहभागि भएका छन्।
एक्स्पो जुन २७ देखि जुलाई ४ सम्म अमेरिकाको वासिन्टन डिसीमा भएको थियो।
विश्व तेक्वान्दोको हेडक्वाटर कुक्किवानले गर्दै आएको यो चर्चित एक्स्पो कोरिया भन्दा बाहिर पहिलो पटक आयोजना भएको हो।
नेपाली तेक्वान्दोका पिता भनिने ग्रान्ड मास्टर जेके सिन, हेडक्वाटरका सिनियर सल्लाहाकार ग्रान्ड मास्टर एचके लीको उपस्थितिमा भएको एक्स्पोमा अन्तर्राष्ट्रिय मास्टर कोर्स,पुम ड्यान परीक्षक कोर्स र कुक्कीवान कप समावेस गरिएको थियो।

एक्स्पोमा मास्टरकोर्स , प्रतियोगिता , सांस्कृतिक तथा कुकिवान राष्ट्रिय टोलि बाट विषेश प्रदर्शनी भएको थियो। यस्तै प्रशिक्षक नियन्त्रण तालिम पनि गरिएको थियो।

एक्स्पोमा अमेरिकाका ३२ राज्य र विभिन्न २५ देशका गरि १५ सय भन्दा बढी खेलाडी, रेफ्रि तथा प्रशिक्षक सहभागि थिए। जसमा २० जना नेपाली पनि एक्स्पोमा सहभागि भए।

कार्यक्रममा मिस अमेरिकन २०२२ कि ईमाम ब्रोईलिस लाई मानार्थ ब्ल्याकबेल्ट चौथो डानले सम्मान गरियको थियो । सम्मान पछि बोल्दै ईमामले तेक्वान्दो अन्य खेल भन्दा निकै विकसित र व्यवस्थित भएको बताइन। साथै उनले मार्सलआर्टको महत्व दर्शाउदै जीवनमा यो खेल खेल्न रुची राख्न पनि आग्रह गरेकी थिइन।
एक्स्पोमा सहभागि २० नेपाली मध्ये बहुप्रतिभाशालि कलाकर्मी तथा खेलकर्मी बिकास घले गुरुङ, पूर्व अन्तर्राष्ट्रिय खेलाडी कल्पना कार्की, लक्ष्मण ऐर क्षेत्री, दिनेश श्रेष्ठ, देवकाजि गुरुङ, र सन्जिव नेपाली गरि ६ जनाले कुसलता पूर्वक परिक्षा नियन्त्रक तालिम भाग लिएका थिए। देवकाजी हङकङ र सन्जिव नेपालबाट एक्स्पोमा सहभागि हुन अमेरिका आएका हुन्। अन्य सहभागि भने अमेरिकामा नै बसोबास गर्ने हुन्।
यस्तै अमेरिकामा नै रहेका नकुल शर्मा, डेक दर्जी,कौशिला खनाल कर्माचार्य र जापानबाट आएकी सन्दिपा अमागाई तथा देउकाजी गुरुङले अन्तर्राष्ट्रिय मास्टर कोर्स, पूम/डान परीक्षक पाठ्यक्रम पुरा गरेका थिए।
यस्तै यानकुमारी चौलागाइ, गोपाल भण्डारी, प्रकास ढुङ्गना, कृष्ण मुरारी खड्का, तारा रायमाझी र विनिता पुरी राई रेफ्रिको भूमिमा मात्र सहभागि थिए।
एक्स्पोमा मास्टर कुमार कार्की र मास्टर दिनेश श्रेष्ठले अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निभाएका थिए। मास्टर कृष्ण बलाल मगर आयोजक कमिटीको सदस्यको रुपमा सहभागि थिए। मास्टर कार्की आयोजक कमिटी रेफ्रि भाइस चियर पनि हुन्।