प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजना रद्द गरिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
आजकै बैठकले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो ।
प्रधानमन्त्री देउवाले यहि असारमा अमेरिका भ्रमणको तयारी गरेपनि एसपीपी सम्बन्धी सम्झौताको विरोध भएपछि उनको भ्रमण रद्द भएको हो ।
एसपिपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने मन्त्रिपरिद्को निर्णय
सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपिपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
एसपिपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त भइरहँदा सरकारले पत्र लेख्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित सत्ता गठबन्धनका वामपन्थीसहितका दलले एसपिपी अस्वीकार गर्न दबाब दिएका थिए ।
तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले एसपिपीमा सहभागिताका लागि ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भइसकेको छ ।
वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय
सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेका थिए । उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।
संस्कृति‚पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई स्पष्टीकरण पनि सोधेको थियो ।