युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिका । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन ” नेपालको बिद्यालय शिक्षामा सुधार : स्थानीय र विश्वव्यापी दृष्टिकोण ” विषयमा केन्द्रित बिमर्शका साथ शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षाविद डा. बिद्यानाथ कोइराला, डा. पार्बती ढुङाना र डा. कटक मल्लको प्रस्तुतीकरण रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले संघीय नेपालको संरचनामा के कसरी काम गर्न खोजीदै छ भन्ने बारेमा मन्तब्य राख्नु भएको थियो ।
सेन्टरका अध्यक्ष डा. राजन पन्तको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको कामका बारेमा डा. देशराज संयोक, र हिजोको अनुभव र भोलीको बाटोको बारेमा संस्थापक अध्यक्ष डा. आमोद पोख्रेलले प्रकास पार्नु भएको थियो । कार्यक्रमको संचालन जगदम्वा अधिकारी र तरुण पौडेलले गर्नुभएको थियो ।
बिज्ञहरुको प्रस्तुती र प्रश्न उत्तर, छलफल शैलीमा कार्यक्रम भएको थियो ।

संथाको संरचना, नयाँ नेतृत्व, भावी कार्यक्रमहरुका बारेमा छ महिना भित्र शृखलावद्द छलफल गरी तय हुने सहमती भएको जनाइएको छ । युएस-नेपाल पोलिसी रिसर्च सेन्टर अमेरिकामा सात वर्ष देखि नेपाल र नेपाली संबन्धी विषयहरुमा नीति र अनुसन्धान क्षेत्रमा कृयाशिल रहदै आएको छ ।














