न्यूयोर्कमा आर्थिक संकटका कारण घर भाडा वा मोर्गेज तिर्न नसक्नेलाई छायाले सहयोग गर्ने
न्यूयोर्क । कोभिड-१९ का कारण आर्थिक संकटमा परी घरको भाडा अथवा मोर्गेज चुक्ता गर्न नसकी घरविहिन हुने जोखिममा पुगेकालाई छाया सीडीसीले सहयोग गर्ने भएको छ।
छायाले घरविहिन हुन पुगेकाहरुलाई राहातका लागि सम्पर्क गर्न समेत आह्वान गरेको छ।
छाया सीडीसीले आपतकालीन आवास सुरक्षा कोष मार्फत भाडा तिर्न नसकी निस्कासनमा पर्न लागेका र मोर्गेज् बुझाउन नसकी फोरक्लोजरमा पर्न लागेकाहरुलाई घरविहिन हुन नदिन भाडा तथा मोर्गेज सहायता प्रदान गर्न लागेको हो।
यो साहायता पाउनका लागि आवेदन दिने पर्ने छ। मे ९ तारिकबाट आवेदन खुलिसकेको छ। यो सुविधा न्यूयोर्क सीटी भित्र मात्र पाइने छ।
तपाई छायाको सहयोग पाउन योग्य हुन निम्न शर्त भने पुरा हुनु पर्ने छ। जुन तल उल्लेख ।
थप जानकारीको लागि यो लिंकमा जानुहोस् ।