अमेरिकामा मोटरसाइकल दुर्घटनामा एक नेपाली युवाको निधन,सहयोगको अपिल
अमेरिका। मोटरसाइकल दुर्घटनामा परि अमेरिकामा एक नेपाली युवाको निधन भएको छ।
पछिल्लो समय भर्जिनियामा बस्दै आएका पृथ्बी लम्साल न्यूजर्सीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका थिए।
मे १ तारिकमा सो दुर्घटना भएको थियो। गम्भिर अवस्थामा अस्पताल पुर्याइएका लम्सालको मे ३ तारिकमा निधन भएको घोषणा गरिएको थियो ।
नेपालमा पुर्खौली घर स्याङजा भएका लम्सालको परिवार अहिले काठमाडौंमा बस्ने गरेको जनाइएको छ।
लम्सालको अन्तिम संस्कार नेपालमै गर्ने भएकाले आर्थिक सहयोग गर्न समेत अपिल गरिएको छ।
मृतकका आफन्तद्वारा जारि अपिल
सम्पुर्ण सहयोगी मनहरुमा अपिल
बिगत लामो समय देखि बोस्टनमा बसी जीबिएनसी , बोस्टन लोक सुसेली समूहमा रही समाजमा राम्रो योगदान पुर्याउदै आउनु भएका अति नै मिलनसार टंक लम्साल पारिवारिक कारणले गर्दा नेपाल फर्कनु भएको थियो! टंक लम्सालका छोरा वर्ष २९ का पृथ्बी लम्साल मास्साचुसेत्ट्सको नोर्थइसटर्न युनिभरसिटिबाट ग्य्राडुएत् भै कामको सिलसिलामा बिगत एक डेढ बर्ष देखि भेर्जेनिया बस्दै आएका थिए!
न्यु योर्क मा साथीलाइ भेटि भेर्जेनिया फर्कनेक्रममा न्यु जर्सीमा यहि मे १, २०२२ आइतबार करिब ९ बजे तिर मोटरसाइकल दुर्घटनामा भयो र त्यहाको इस्टेट पुलिसले नजिकै रहेको कुपर हस्पिटल ट्रामा सेन्टरमा पुर्र्याई उपचार भैरहेको थियो। उपचारकै क्रममा यहि मे ३ मंगलबार का दिन असामयिक निधन भएको घोषणा गरियो। मृतक पृथ्बी लम्सालका बुबा आमाको चाहना अनुसार पार्थिब शरीरलाइ नेपाली संस्कार अनुसार नेपालमा नै अन्तिम संस्कार गर्ने तिब्र इच्छा गर्नु भएको हुँदा चाहना पुरा गर्नका लागी सम्पूर्ण सहयोगि मनहरुबाट यथासक्य आर्थिक सहयोगको लागि हार्दिक हार्दिक अपिल गर्दछौ !
गोफण्ट मार्फत सहयोग गर्का लागि यो लिङ्कमा क्लिक गर्नु होला