नेजाद्वारा सामुदायिक अन्तरक्रिया
टेक्सस, डालस । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्सस राज्यको अर्भिङमा सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार टेक्ससको अर्भिङमा ‘प्रेस र सामुदायिक सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नेपाली भाषामा अमेरिकाबाट प्रकाशित सञ्चारमाध्यबाट गरिएको अपेक्षा र गुनासो राखेका थिए।
त्यस अवसरमा एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक रामसी पोखरेल,युलेस सिटी काउन्सिलका काउन्सिल मेन टीका पौडेल, एनआरएनए अमेरिकाका पूर्ववरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल लगायतले आ आफ्नो धारणा राखेका थिए।
यस्तै नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेती, एनआरएनए टेक्सस च्याप्टरका कार्यवाहक अध्यक्ष गंगा शर्मा, सचिव डा. चण्डी भण्डारी, एएनएका अध्यक्ष बिजयराज भट्टराई, विनोद रिजाल, भुवन अधिकारी, ओजेश उप्रेती, धनञ्जय ढकाल, हरि न्यौपाने, कर्ण बोहोरा, अमेरिका मधेशी समाजका महासचिव मुकेश यादव, मधेशी एसोसिएसन इन अमेरिकाका टेक्सस अध्यक्ष पिंकी यादव, लुम्बिनी सेवा समाजका अध्यक्ष जगदीश न्यौपाने, सुदूर पश्चिम समाज नेपालका अध्यक्ष नवराजनाथ योगी, टंक काफ्लेलगायतले नेजा र समस्त सञ्चारकर्मीबाट समुदायले राख्ने अपेक्षाका बारेमा चर्चा गरे।
सो अवसरमा समुदायका गतिविधिहरु सञ्चारमाध्यममा कसरी ल्याउन सकिन्छ भन्ने सन्दर्भसहित पत्रकार र समुदायबीचको सम्बन्धमा रहेर संघका सल्लाहकार तथा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य सञ्जय घिमिरे, संघका मानार्थ सदस्य तथा गोरखा पत्र दैनिकका पूर्वप्रधान सम्पादक तारा बराल तथा संघका मध्य क्षेत्रका पूर्वक्षेत्रीय संयोजक रामचन्द्र भट्टले आफ्ना धारणा राखे ।
नेजाका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य बाबुराम दाहाल र स्वागत मन्तव्य नेजा मध्य क्षेत्रका क्षेत्रीय संयोजक सुजन पण्डितले गरेका थिए। । कार्यक्रमका साथै समग्र नेजाको गतिविधि एवम् भावी योजनाका बारेमा नेजाका महासचिव सुरज भण्डारीले प्रकाश पारेका थिए।