युक्रेनमा रहेका ३८ जना नेपाली एनआरएनएको सम्पर्कमा,सबै सकुशल : एनआरएनए
अमेरिका । गैरआवासीय नेपाली संघ एनआरएनएले युक्रेनमा रहेका नेपाली अहिले सम्म सुरक्षित नै रहेको जनाएको छ ।
एनआरएनएका प्रवक्ता डिबी कार्कीद्वारा बिहिवार जारी विज्ञप्तिमा युक्रेनमा रहेका नेपाली मध्ये ३८ जना सम्पर्कमा आएको र सबै सुरक्षित रहेको बताइएको छ ।
‘त्यसबाहेक पनि युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको छ । त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्था बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनुहुन अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
युक्रेनको आन्तरिक द्वन्द बड्दै जदा त्यहा संकटकाल लगाइएको छ । रुसले त्यहाँका पृथक्तावादी समुहको नियन्त्रणमा रहेको दुई राज्यलाई नयाँ राष्ट्रको मान्यता दिए पछि स्थिति झनै खराव हुदै गएको छ । गत राति देखि रुसले युक्रेन माथि हमला गरेको छ ।
रुसले युक्रेनमाथि जुनसुकै समय आक्रमण गर्ने अमेरिका लगायत पश्चिमा मुलुकले दावी गर्दै आएका छन् । अधिकांस मुलुकले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेको छ ।
नेपालले पनि युक्रेनमा रहेका नेपालीलाई तत्काल सुरक्षित स्थानमा जान भनेको छ । परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई जर्मन स्थित नेपाली दुतावासमा सम्पर्क गर्न भनेको छ ।
एनआरएनएद्वारा विहिवार जारी विज्ञप्ति
प्रेस वक्तब्य
युक्रेनमा पछिल्लो विकसित घटानाक्रमको कारणले त्यहा रहनु भएका नेपालीहरुको सुरक्षा प्रति संघ चिन्तित रहेको छ । त्यहाँ रहनु भएका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन् । उहाँहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आउनुभएको छ । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उहाँहरु सबै सकुशल रहनुभएको खबर प्राप्त भएको छ ।
त्यसबाहेक पनि युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको छ । त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्था बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनुहुन अनुरोध गर्दछौं ।
साथै, युक्रेनमा रहेका सबै नेपालीहरुलाई आफू सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्यांकन गरि आवश्यक परे स्वदेश फर्कन समेत संघ आग्रह गर्दछ ।
युक्रेनमा सम्पर्कका लागि :
अध्यक्ष : हरि मल्ल, राष्ट्रिय समन्वय परिषद युक्रेन
सम्पर्क नम्बर : +380934347700
इमेलः hariodessa@yahoo.com
नेपालस्थित संघको सचिवालयमा सम्पर्कका लागि
गैरआवासीय नेपाली संघको सचिवालय काठमाडौं
सम्पर्क नम्बर : 977-01-4411530