एनआरएनए अमेरिका : न्यूयोर्क घटनाका दोषिले माफि माग : ओम भट्टराई, निवर्तमान प्रवक्ता
अमेरिका । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाका निवर्तमान प्रवक्ता ओम भट्टराईले न्यूयोर्कमा सम्पन्न दशौ साधरण सभामा भएको घटनाका दोषिले तत्काल माफि माग्नु पर्ने बताएका छन् ।
गत जुलाईमा सम्पन्न साधरण सभामा सपथ ग्रहणको विषयलाई लिएर हुलहुज्जत भएको थियो । हालै मात्र न्यूयोर्कमै भएको एनआरएनए अमेरिकाको अर्को कार्यक्रममा पनि हुलहुज्जत भएको थियो । ती दुबै घटनाका परिवेश उठान गर्दै पूर्व प्रवक्ता भट्टराईले दोषिले माफि माग्नु पर्ने माग गरेका हुन् ।
उनले न्यूयोर्कमा सम्पन्न एनसीसी युएसएको दशौ बार्षिक साधारण सभामा भएको होहल्लाको प्रपन्च कसरी गरिएको थियो भन्ने कुरा बिस्तारै खुल्दै गएको दावी समेत गरेका छन् ।
भट्टराईले बुधवार विज्ञप्ति जारी गर्दै भनेका छन्,’ बर्तमान कार्यसमितिका केहि पदाधिकारीहरू बाट दसौं बार्षिक अधिवेसन (एजीएम) का दौरानमा होहल्ला गरि अधिबेशन अबरोध गर्ने प्रयास गरियो जुन कुरा अत्यन्तै निन्दनीय थियो र त्यो दिन एनआरएनए यूएसए ईतिहासमा एक कालो दिन साबित भयो ।’
उनले घटना क्रमले दशौं साधरण सभाको घटनालाई नियोतित समेत भनेका छन् । ‘भर्खरै एक सभामा दिइएका अभिब्यक्तिहरु बाट तपाई हामि सबैले सहजै बुझ्न सक्छौ, एनसीसी युएसएको दशौ एजिएममा कसले कसबाट र किन असहज परिस्थिति उत्पन्न गरेको थियो भन्ने ।’
आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिन सबै चनाखो हुनु पर्ने भट्टराइले लेखेका छन् । ‘दशौं अधिबेशनका दौरान सृजना भएको घटनाका बारेमा सम्बन्धित पक्षले त्यस्को जिम्मेवारी लिदै आम गैर आवासीय नेपालीहरू विच पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व वहन हुनका निम्ति सार्वजनिक माफि माग्दै भोलिका दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन सचेत गराउन चाहन्छौं ।’
एनआरएनए अमेरिकाका निवर्तमान प्रवक्ता ओम भट्टराईको विज्ञप्तिको पूर्ण पाठ
आदरणीय गैर-आवासीय दाजु भाई तथा दिदि बहिनि हरुमा नमस्कार
गैर-आवासीय नेपाली संघ प्रवासमा रहेका सम्पूर्ण नेपाली हरुको साझा संस्था हो र यसको सस्थागत गरिमा का लागि यसको स्थापना काल देखि वर्तमान अवस्था सम्म एनआरएनए अभियान मा जोडिनु हुने सम्पूर्ण महानुभावहरुको यस सस्था प्रति योगदान रहेको छ । सस्थागत बिकासका लागी सस्थाले गर्ने सम्पूर्ण निर्णयहरु पारदर्शी हुनु पर्दछ र एनआरएनए सदस्यहरुको भावना अनुसार कार्ययोजनाहरु ल्याईनु पर्दछ तथा अबलम्बन गरिनु पर्दछ ।
एनआरएनए अमेरिकाको बर्तमान परिप्रेक्षमा कुरा गर्दा निवर्तमान (२०१९-२१) कमिटिको कार्यकाल को सम्झना गर्न चाहन्छु । २०१९-२१ को कार्यसमितिले धेरै चुनौतिहरु सामना गर्नु पर्यो । त्यसमध्य सबै भन्दा ठुलो चुनौती कोभिड -१९ थियो । बिश्व मै फैलिरहेको महामारी रोग कोभिड-१९ का कारण तपाई हामी धेरै ले परिवारका सदस्य तथा आफन्त गुमाउनु पर्यो । यस्तो जटिल परिस्थितिमा आफ्नो स्वास्थ्य सुरक्षाको प्रवाह नगरी च्याप्टर , क्षेत्र देखि केन्द्र सम्मका साथीहरु नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुको सहयोग का लागि अहोरात्र खटिनु भयो । निवर्तमान कमिटि ले गरेका सम्पूर्ण काम हरुको सम्पूर्ण बिवरण हरु बिज्ञप्ति तथा न्युज लेटर मार्फत यहाहरु समक्ष पठाएको कुरा यहांहरुमा जानकारी नै छ । निवर्तमान कमिटीले गरेका कार्यहरु लाइ यहांहरुले गर्नु भएको उच्च मूल्याकनको लागि हामी सदैव आभार व्यक्त गर्दछौ ।
निवर्तमान कमिटि ले आफ्नो २ बर्षे कार्यकालमा बिभिन्न चुनौति का बाबजुत पनि समय-सीमा भित्रै निर्वाचन सम्पन्न गराई समयमा नै बार्षिक साधारण सभा गर्न सफल रहयो । तर दु:खद कुरा सफत खान आतुर बर्तमान कार्यसमिति का केहि पदाधिकारीहरू बाट दसौं बार्षिक अधिवेसन (एजीएम) का दौरानमा होहल्ला गरि अधिबेशन अबरोध गर्ने प्रयास गरियो जुन कुरा अत्यन्तै निन्दनीय थियो र त्यो दिन एनआरएनए यूएसए ईतिहासमा एक कालो दिन साबित भयो । न्यूयोर्कमा सम्पन्न एनसीसी युएसएको दशौ बार्षिक साधारण सभामा भएको होहल्लाको प्रपन्च कसरी गरिएको थियो भन्ने कुरा बिस्तारै खुल्दै छ ।
भर्खरै सामाजिक संजाल मा आएका बैठक का प्रत्यक्ष प्रसारण र मिडियामा आएका अन्तर्वार्ता र पत्र पत्रिका मा आएका लेख तथा न्युयोर्क मा हालै सम्पन्न भएको एक सभामा दिइएका अभिब्यक्तिहरु बाट तपाई हामि सबैले सहजै बुझ्न सक्छौ, एनसीसी युएसएको दशौ एजिएममा कसले कसबाट र किन असहज परिस्थिति उत्पन्न गरेको थियो भन्ने सम्बन्धमा त्यस घटनामा निवर्तमान कमिटीले गरेका कार्यहरुलाई अनुमोदन गर्न नदिने र निवर्तमान कमिटीले गरेका राम्रा कामहरू लाई प्रमाणित गर्न बाट बन्चित गराउने प्रयास गरेता पनि तपाईंहरूको साथ र सहयोग का कारण बार्शिक साधारण सभा सफलता पुर्बक सम्पन्न भयो ।
आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिनका लागि तपाई हामी सबै चनाखो हुनु पर्ने देखिएको छ । साथै दशौं अधिबेशनका दौरान सृजना भएको घटनाका बारेमा सम्बन्धित पक्षले त्यस्को जिम्मेवारी लिदै आम गैर आवासीय नेपालीहरू विच पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व वहन हुनका निम्ति सार्वजनिक माफि माग्दै भोलिका दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन सचेत गराउन चाहन्छौं ।
जय एनआरएनए, जय अमेरिका , जय नेपाल ।
ओम भट्टराई
निबर्तमान प्रबक्ता(२०१९-२०२१)
एन आर एन ए अमेरिका
मिति -०२-२२-२०२२