साप्ताहिक राशिफल २०२६ को जुलाई २६ देखि अगस्ट १ सम्म
मेष राशिफल
चु,चे,चो,ला,लि,लु,ले,लो,अ
यो साता नयाँ योजना सफल हुने संकेत छ। व्यापारमा लाभ, जागिरमा प्रशंसा तथा सामाजिक प्रतिष्ठा बढ्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सामान्य थकान आउन सक्छ। शुभ दिन: आइतबार, बुधबार। शुभ रंग: रातो।
वृष राशिफल
इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
धैर्य र संयमले काम गर्दा सफलता मिल्नेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। आफन्तसँग भेटघाट हुनेछ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोस्। शुभ दिन: सोमबार, शुक्रबार। शुभ रंग: सेतो।
मिथुन राशिफल
का, कि, कु, घ, ङ, छ, के, को, ह
विद्या, लेखन तथा सञ्चार क्षेत्रमा प्रगति हुनेछ। नयाँ सम्बन्ध बन्ने योग छ। यात्राको सम्भावना देखिन्छ। बोलीमा संयम अपनाउनु उचित हुनेछ। शुभ दिन: बुधबार। शुभ रंग: हरियो।
कर्कट राशिफल
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घरपरिवारमा सुखद वातावरण रहनेछ। रोकिएका काम पूरा हुनेछन्। आर्थिक लाभका अवसर मिल्नेछन्। खानपानमा ध्यान दिनुहोस्। शुभ दिन: सोमबार। शुभ रंग: सेतो।
सिंह राशिफल
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नेतृत्व क्षमता बढ्नेछ। सरकारी तथा प्रशासनिक कार्यमा सफलता मिल्नेछ। मान–सम्मान प्राप्त हुनेछ। क्रोध नियन्त्रण गर्नु आवश्यक छ। शुभ दिन: आइतबार। शुभ रंग: सुनौलो।
कन्या राशिफल
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
मेहनतअनुसार फल प्राप्त हुनेछ। वैदेशिक कार्यमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारमा खुसीको वातावरण रहनेछ। शुभ दिन: बुधबार। शुभ रंग: हरियो।
तुला राशिफल
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आर्थिक लाभका अवसर प्राप्त हुनेछन्। साझेदारीको काममा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। नयाँ कार्य सुरु गर्न अनुकूल समय छ। शुभ दिन: शुक्रबार। शुभ रंग: गुलाबी।
वृश्चिक राशिफल
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पुराना समस्या समाधान हुनेछन्। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। मित्रबाट सहयोग प्राप्त हुनेछ। शुभ दिन: मंगलबार। शुभ रंग: रातो।
धनु राशिफल
ये, यो, भा, भि, भु, ध, फा, ढा, भे
शिक्षा र ज्ञानको क्षेत्रमा उन्नति हुनेछ। यात्राबाट लाभ मिल्नेछ। व्यापारमा राम्रो आम्दानी हुनेछ। हतारमा निर्णय नगर्नुहोस्। शुभ दिन: बिहीबार। शुभ रंग: पहेंलो।
मकर राशिफल
भो, जा, जि, खि, खु, खे, खो, गा, गि
पारिवारिक जिम्मेवारी बढ्न सक्छ। सम्पत्ति सम्बन्धी कार्यमा सफलता मिल्नेछ। जागिरमा पदोन्नतिको सम्भावना छ। स्वास्थ्यमा सामान्य सावधानी अपनाउनुहोस्। शुभ दिन: शनिबार। शुभ रंग: नीलो।
कुम्भ राशिफल
गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। नयाँ मित्रता तथा सहकार्यको अवसर मिल्नेछ। आर्थिक लाभ हुनेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्। शुभ दिन: शुक्रबार। शुभ रंग: आकाशे।
मीन राशिफल
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आध्यात्मिक उन्नति तथा मनमा शान्ति रहनेछ। व्यापारमा लाभ हुनेछ। परिवारबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। शुभ दिन: बिहीबार। शुभ रंग: पहेंलो।
साप्ताहिक ज्योतिषीय सुझाव
यस साता भगवान् श्री विष्णु श्री लक्ष्मीनारायणको आराधना गर्नु शुभ रहनेछ। ” अष्टाक्षर महामन्त्रको दैनिक १०८ पटक जप तथा तुलसीमा जल अर्पण गर्दा ग्रहदोष शमन भई मनोकामना सिद्ध हुने छ।
प्रस्तुति
एस्ट्रो काउन्सिलर
श्री नारायण प्रसाद अधिकारी
उपाध्यक्ष
नेपाल ज्योतिष परिषद् मधेश प्रदेश
श्री गोदारङ्गनाथ दिव्यधाम
कञ्चनरुप न.पा.11 सप्तरी
WhatsApp+9779849367500
Web: astronarayan.com.np















