आन्दोलनकारी भन्छन् : आन्दोलन सफल भयो, अब बालेन प्रधानमन्त्री
काठमाडौं । जेनजी आन्दोलनमा आएका प्रदर्शनकारीहरूले आफूहरूको विजय भएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार काठमाडौँको हनुमानथान र अनामनगर क्षेत्रमा भेटिएका प्रदर्शनकारीले बालेन शाह प्रधानमन्त्री बन्नुपर्ने पनि बताए ।
उनीहरुले वालेनलाई प्रधानमन्त्री र हर्क साङपाङलाई गृहमन्त्री हुनुपर्ने धारणा राखे । अब देशमा परिवर्तन हुने पनि उनीहरूको भनाइ थियो ।
प्रदर्शनकारी राम अधिकारीले आफ्नो जित भएको प्रतिक्रिया दिए । संसद् भवन अगाडि रगतको खोला बगेको प्रतिक्रिया दिएका उनले मृतकहरूलाई न्याय मिलेको बताए । आन्दोलन सफल भएको उनीहरूको प्रतिक्रिया थियो ।
















