अमेरिकी खाद्य सहायतामा कटौती : ‘लाखौँ मानिसहरूको लागि मृत्युदण्ड’ सरह
एजेन्सी । अमेरिकाको आपत्कालीन खाद्य सहायतामा गरिएको कटौतीले अफगानिस्तान प्रभावित हुने देखिएको छ ।
भोकमरीको सामना गरिरहेको अफगानिस्तानमा विश्व खाद्य कार्यक्रम अन्तर्गतको राशन आधा कटौती गरिने अमेरिकी चेतावनीपछि गरिबहरू बढी मारमा पर्ने देखिन्छ ।
सरकारी घाटा कम गर्ने आफ्नो योजना अनुसार ट्रम्प प्रशासनले जनवरीमा तीन महिनाको लागि सबै विदेशी सहायता फ्रिज गर्ने निर्णय गरेको थियो हालै मात्र आफ्नो आपत्कालीन खाद्य कोष समाप्त गर्ने घोषणा गरेको थियो ।
उक्त कटौती लागू भएको खण्डमा ‘लाखौँ मानिसहरूको लागि मृत्युदण्ड’बराबर अनुमान गरिएको छ । विश्व खाद्य कार्यक्रमका कार्यवाहक कन्ट्री निर्देशक मुटिन्ता चिमुकाले अफगानिस्तान विश्वको दोस्रो ठूलो मानवीय सङ्कटको सामना गरिरहेको अवस्थामा अन्तर्राष्ट्रिय दाताहरूलाई सहयोग गरिरहन आग्रह गरिन् ।
डब्लुएफपीले आगामी महिनाहरूमा भोकमरी विरुद्ध लड्न २० लाख मानिसहरूलाई खाद्य सहायता प्रदान गर्ने योजना बनाएको छ । तर सीमित कोषको कारण पर्याप्त राशन उपलब्ध गराउन नसकिने बताइन् ।
(सीसीटीभीप्लस)