दर्शक पल्काउँदै उत्तर अमेरिकाका हलमा नेपाली चलचित्र
पेन्सिल्भेनिया/ नेपाली चलचित्र सायदै विदेशका चलचित्र भवनमा रेगुलर सोका रुपमा प्रदर्शनी हुन्छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेको क्षेत्रमा कुनै हल बुक गरेर चलचित्र प्रदर्शन गरिन्छ । त्यसो गर्दा चलचित्र हेर्ने मन भए पनि चलचित्रको पूर्ण स्वादबाट वञ्चित हुनुपर्छ दर्शकले । पछिल्लो समय, नेपाली निर्देशनमा बनेको चलचित्र सोझै मुभी थिएटरमा प्रदर्शन हुने क्रम बढेको छ ।
यस अगाडि छक्का पञ्जा, पूर्ण बहादुरको सारङ्गी लगायतको चलचित्रको अपार सफलता पछि यो क्रम झनै बढेको हो।
नेपाली निर्देशकले अध्ययन र अनुभवले अन्तर्राष्ट्रिय स्तरको चलचित्र बनाउने क्रम बढेसँगै नेपाली चलचित्रहलहरूमा प्रदर्शन हुन सुरु भएको छ। यस क्रममा दिपक रौनियारको चलचित्र राजागंज पूजा सर, नर्थ अमेरिकाका विभिन्न शहरका मुभी थिएटरमा प्रदर्शन भइरहेको छ ।
हाइवे मार्फत नेपाली कथालाई सोझै अन्तर्राष्ट्रिय दर्शकका निम्ति बनाउन सुरु गरेका रौनियारको पछिल्लो चलचित्र, राजागंज पूजा सर, संसारभरका चलचित्र घरमा प्रदर्शित भइरहेका छन् । यसै क्रममा चलचित्रको प्रदर्शन क्यानडामा सुरु भएको छ, सिनेप्लेक्स नेटवर्कका हलहरूमा ।
मधेश आन्दोलन समयलाई आधार बनाएर क्राइम थ्रिलरको रुपमा निर्मित चलचित्र हेर्दा सम्पूर्ण रुपमा पैसा वसुल हुन्छ । चलचित्रले भर्खरै नेदरल्यान्डमा हिभोर फ्रि टु वि मि अवार्ड पनि जितेको छ । हाइवे र सेतो सूर्य जस्तो अन्तर्राष्ट्रिय स्तरको चलचित्र बनाएका रौनियारको राजागंज अर्को कृति जसमा उनले हिन्दी चलचित्रका हस्ति निर्देशक अनुराग कश्यपलाई प्रोडुसरकारुपमा राखेका छन् ।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारका लागि बनाउने मीनबहादुर भाम लगायत, केही चलचित्रकर्मीमात्र छन् । रौनियार त्यसै मध्येको हुन्, जसले पहिलो चलचित्र अन्तर्राष्ट्रिय बजारमा लान्छु भनेर सुरु गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली चलचित्रका समाचार लेख्दा लेख्दै चलचित्र निर्देशनमा होमिएका थिए दिपक रौनियार उनी नेपाल समाचारपत्र कला र चलचित्र सम्बन्धी समाचार लेख्थे ।