मे ४ मा न्यु योर्कमा नेपाली म्युजिक एण्ड फिल्म अवार्ड
काठमाडौँ । पहिलो पटक ‘टपसप काठमाडौँ ८८४८ हिमालयन म्युजिक फिल्म अवार्ड यूएसए’ आयोजना हुने भएको छ ।
मंगलबार एक कार्यक्रमकाबीच मे ४ तारिख (वैशाख २१ गते) अमेरिकाको न्यु योर्कमा म्युजिक फिल्म अवार्ड आयोजना गर्न लागेको कलाकार सुरज सिंह ठकुरीले जानकारी दिए ।
उनले नेपाली चलचित्र अवार्डहरू विभिन्न कारणले बारम्बार विवादमा आउने गरेको बताए । नेपाली भूमि बाहिर रहेको नेपाली चलचित्र र नेपाली संगीत क्षेत्रलाई राम्रो चित्रण गर्ने एउटा माध्यमको रुपमा सो अवार्ड प्रस्तुत हुने उनले विश्वास व्यक्त गरे ।
उनले भने,‘खासै नेपाली चलचित्र अवार्डहरू त्यत्तिको पपुलर चाहिँ भएको छैन । म्यानेजमेन्टदेखि धेरै कुरामा त्रुटि होला । सबैलाई खुसी पार्न सकिँदैन अवार्डमा । विभिन्न कारणले गर्दा नै नेपाली चलचित्र अवार्डहरू बारम्बार विवादमा आउने गर्छ । राम्रो उद्देश्य कार्यक्रमले लिएको छ । नेपाली भूमि बाहिर रहेको नेपाली चलचित्र र नेपाली संगीत क्षेत्रलाई राम्रो चित्रण गर्ने एउटा इभेन्टको रुपमा अवार्ड प्रस्तुत हुन्छ भन्ने मलाई लागेको छ ।’ साथै उनले कार्यक्रमको सञ्चालकको रुपमा आफू रहने पनि बताए ।