धोबिखोलामा कार खस्यो
काठमाडौँ । काठमाडौँको धोबिखोलामा एउटा कार खसेको छ । आइतबार साँझ मदन भण्डारी कलेज छेउमा कार खसेको हो ।
बा २१ च ६६१४ नम्बरको कार आज साँझ धोबिखोलामा खसेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।
कुनै मानवीय क्षति नभएको र आवश्यक चेकजाँच गरिरहेको पनि प्रहरी वृत्त सिंहदरबारले दिएको छ ।
यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।