‘कर्मा’ को छायाङ्कन सम्पन्न, चैत २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदै
काठमाडौँ । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायाङ्कन सम्पन्न भएको छ ।
मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायाङ्कन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौँमा १२ छायाङ्कन गरी छायाङ्कन पूरा भएको हो ।
चलचित्र ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो सिनेमा विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले चलचित्र रिलिज गर्ने लागेको हो ।
‘कर्मा’को फस्ट लुक पोस्टर फागुन १ गते सार्वजनिक भएको थियो । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुई वटा पोस्टर सार्वजनिक गरेको थियो । जसमा विपिन कार्की फिचर्ड थिए ।
सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएको छ । सेभेन सिज सिनेमाले पोस्टर रिलिज भएसँगै ओभरसिज मार्केर्टमा पनि दर्शकमा ‘कर्मा’प्रति चासो रहेको बताएको छ ।
एक्सन जनरामा यो चलचित्र निर्माण भएको छ । ‘कर्मा’लाई विपिनको यो पहिलो एक्सन सिनेमा हो । जसले दर्शकमा अझै कौतुहलता बढाएको छ ।
‘कर्मा’मा विपिनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।
मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ ।
निर्देशक चौधरीको ‘अगस्त्य: च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।