हेटौँडामा अटो र चित्तल ठोक्किँदा ५ जना घाइते
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, रसल बोर्डिङ स्कुल नजिक मंगलबार बिहान ११ बजे अटो दुर्घटना भएको हो ।
पदम पोखरीबाट गुम्बा चोकतर्फ गइरहेको ना २ ह २३६८ नम्बरको अटोमा जङ्गलबाट आएको चित्तल ठोक्किँदा अटो पल्टिएर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका अनुसार, दुर्घटनामा अटो चालक ४२ वर्षीय नर बी. तामाङ को दाहिने हात र खुट्टामा मध्यम चोट लागेको छ । अटोमा सवार अन्य ४ जना सामान्य घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडा पठाइएको छ । दुर्घटनापछि चित्तल पुनः जङ्गलतर्फ भागेको प्रहरीले जनाएको छ।