ह्यारिसबर्गमा लोक गायिका दुर्गा गुरुङको सम्मान
ह्यारिसबर्ग/ पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा लोक गायिका दुर्गा गुरुङलाई सम्मान गरिएको ।
युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका र गुरुङ कम्युनिटी अफ ह्यारिसबर्ग पेन्सिल्भेनियाद्वारा
शनिवार आयोजित माङी त्हें मा लोक गायिका दुर्गा गुरुङलाई सम्मान गरिएको हो। आयोजकले करद पत्र सहित सम्मान गरेका हुन्।
गायिका दुर्गा केही महिना यता अमेरिका भ्रमणमा छिन्। यसै महिना अमेरिका फर्कने दुर्गाले न्यु योर्क र मेरिल्यान्डको बाल्टिमोरमा पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ।
शनिवार आयोजित माङी त्हें दुर्गा गुरुङले एकल गायन सहित दोहोरी खेलेकी थिइन्।
दुर्गा नेपाली लोक क्षेत्रमा एक सफल गायिका हुन्। तीन दशक भन्दा धेरै समय देखि लोक गायन क्षेत्रमा निरन्तर रहँदै आएकी दुर्गालाई लोक दोहोरीमा पनि अब्बल छिन्।
सम्मान पछि गीतका गाउने क्रममा उनका समर्थकले दुर्गाको शिरमा फुल लगाएका थिए। गुरुङ समुदायमा शिरमा पैसा लगाइदिनुलाई फुल लगाउनु भनिन्छ।