महिला टी–२० शृङ्खलामा नेपालको लज्जास्पद हार
काठमाडौँ । काठमाडौँमा भएको महिला टी–२० शृङ्खलामा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ । नेपालले खेलेका सबै ६ खेलमा हार बेहोरेको हो ।
शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ८२ रनको चुनौती थाइल्यान्डले १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो ।
यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन बनायो । सम्झना खड्काले सर्वाधिक १७ रन बनाएको इनिङ्समा कविता जोशीले १४ तथा डेब्यु खेलाडी राजमती ऐरीले १७ बलमा अविजित रहँदै ११ रन बनाइन् ।
नेपाल यसअघि खेलेका पाँच वटै खेलमा पराजित भएको थियो ।
यसअघि नेपाल नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्यान्डसँग ४ विकेट र पाँच रनले पराजित भएको थियो ।थाइल्याण्ड भने पाँच खेल जितेर उपाधि जित्न सफल भएको छ । नेदरल्याण्ड्स ८ अंकसहित दोस्रो भएको छ ।