अमेरिका मेक्सिको सीमामा मानव तस्कर सहित दश जना पक्राउ

लारेडो, टेक्सस / अमेरिकी भन्सार र सीमा सुरक्षा ( सीबीपी ) का अधिकारीहरुले टेक्ससको लारेडो सेक्टर सीमामा एक गाडी रोक्दा १० अवैध आप्रवासी पक्राउ गरेको जनाएका छन्।
मंगलवार साँझ करिब ६:२० बजे, सीमा गस्ती अधिकारीले आई -३५ मा गाडी रोक्दा मेक्सिको र ग्वाटेमालाबाट अवैध रूपमा अमेरिका आउँदै गरेको पाए पछि पक्राउ गरिएको हो।
सीबीपीका अनुसार चोरीको ट्रकमा ती आप्रवासीलाई ल्याइएको थियो।
पक्राउ व्यक्ति र चोरी भएको गाडी टेक्सस सार्वजनिक सुरक्षा विभागलाई बुझाइएको सीबीपीले जनाएको छ।