डीएमभी युथ एकेडेमी ब्याडमिन्टन प्रतियोगितामा एकल तर्फको उपाधि कुल रोक्कालाई

भर्जिनिया/ डीएमभी युथ एकेडेमीद्वारा आयोजित प्रथम ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल तर्फको उपाधि मेरिल्यान्डका कुल रोक्काले जितेमा छन्।
भर्जिनियाको स्टर्लिङमा शनिवार सम्पन्न प्रतियोगितामा पुरुष एकलको फाइनलमा रोक्काले नीरज राई दुई शून्यको सेटमा हराए।
पहिलो सेट २१-८ ले जितेका रोक्काले दोस्रो सेट २१-१० ले जितेका थिए। यस्तै रोक्काले किशोर श्रेष्ठ सँग मिलेर डबल्समा तर्फको पनि उपाधि जिते।
मेरील्याण्ड डर्भीमा कुल रोक्का र किशोर श्रेष्ठको जोडीले भीम केसी र निसान खत्रीलाई दुई शून्यको सेटमा हराए। पहिलो सेट २१-८ जितेका रोक्का र श्रेष्ठको जोडीले दोस्रो सेट २१-११ जितेका थिए।
कुल रोक्का म्यान अफ द टुर्नामेन्ट खेलाडी घोषित भए। यस्तै भर्जिनियाका सुमन राज बज्राचार्यले फेयर प्ले घोषित भए। प्रतियोगितामा एकल तर्फ १४ र डबल्समा ७ जोडीले भाग लिएका थिए।

खेलकुदको विकास र प्रवर्द्धन गर्न तथा समाजका युवा प्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।
प्रतियोगिताका विजेता खेलाडीलाई एकेडेमीका अध्यक्ष प्रदीप कार्की, बोर्ड सदस्यहरू माधव गौतम, प्रदीप घर्ती, र समाजसेवी हरिराम भण्डारी र अच्युत खनिया पुरस्कार वितरण गरेका थिए।
कार्यक्रम सञ्चालन एकेडेमीका बोर्ड सदस्य मिलन गोरखालीले गरेका थिए। एकेडेमीले आगामी दिनमा खेलकुदका विभिन्न प्रतियोगिताहरू अझै व्यापक रूपमा आयोजना गर्ने जनाएको छ।
प्रतियोगिता सञ्चालनमा भर्जिनियाका पूजन खरेल र नेपालका पूर्व राष्ट्रिय खेलाडी रोशन पुरीले सहयोग गरेका थिए।