प्रवासी नेपाली मञ्च अमेरिका केन्टुकी अध्यक्षमा देवकोटा

राजु तिमिल्सिना
केन्टुकी,अमेरिका/ प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका अन्तर्गत केन्टुकी राज्य कमिटीको अध्यक्षमा शिव शंकर देवकोटा निर्विरोध निर्वाचित भएका छन्।
आइतबार सम्पन्न तेस्रो अधिवेशनले देवकोटा सहितको सिङ्गो कार्यसमितिको सर्वसम्मत चयन भएको हो।
कमिटीको उपाध्यक्षमा अनुप बस्नेत, सचिवमा गणेश अधिकारी र उपसचिवमा बल टमाटा चयन भएका छन्।
यस्तै सदस्यहरूमा पुरुषोत्तम सापकोटा, जयराम तिमल्सेना, विमल बडाल, जीवन शाही, नीराजन चौधरी,जनक ढकाल, त्रिपुरा पौडेल र केशव बस्नेत निर्विरोध भए।
ओएनएफ अमेरिका महादेश कमिटी सदस्य केशव राज लोहनीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा ओएनएफ अमेरिकाको उपाध्यक्ष गोपाल कँडेल, महासचिव छवि पाण्डे, सह सचिव थोमश बास्तोला लगायतको उपस्थिति रहेको थियो।