इनास युकेद्वारा युवासँग विशेष अन्तरक्रिया कार्यक्रम
लन्डन/ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ( इनास) युकेले बिहीबार युकेस्थित नेपाली बुद्धिजीवी युवा विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युकेको अध्यक्ष सञ्जय कँडेल र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युकेको युके ग्लोबल उपाध्यक्ष मनीष श्रेष्ठको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य युकेमा रहेका नेपाली समुदायको युवा विद्यार्थी सशक्तीकरण, कला–संस्कृतिको प्रवर्द्धन, र समाजमा सिर्जनात्मक योगदान पुर्याउने विषयमा विचार विमर्श गरिएको थियो।
युवा विद्यार्थीहरूले आफ्नो अनुभव, चुनौती, र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रम लेकडेल स्थित गोरखा क्लबमा भयको थियो ।