पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा सरस्वती पूजा विषेश कार्यक्रम फेब्रुअरी २ तारिख आइतबार

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा सरस्वती पूजा फेब्रुअरी २ तारिख आइतबार गरिने भएको छ।
ल्यानक्यास्टर समाजको आयोजनामा सामूहिक रूपमा यस अगाडी झैँ विधिवत् रूपमा पूजा आयोजना गर्न लागिएको ओम घिमिरेले समाज टाइम्सलाई भने।
उनका अनुसार फ्रुटभिल पाइक (1361 Fruitville Pike Lancaster Pa 17601) सरस्वती पूजा हुने छ।
‘ सो दिन सरस्वती माताको विधिवत् पूजा, अर्चना वन्दना, सांस्कृतिक नृत्य, गीता पाठ, गीत गायन सरस्वती विशेष हाजिरी जवाफ साथै प्रसाद वितरण गरिने छ। ‘ घिमिरेले भने, ‘पुजा विहानै देखि हुने छ।’
‘विषेश गरी विद्यार्थीहरूलाई सरस्वती पुजाको महत्त्व र विधिको बारेमा जानकारी दिँदै हाम्रो परम्परा र संस्कृतिको जानकारी गराउन हामीले केही वर्ष देखि सामूहिक रूपमा सरस्वती पूजा आयोजना गर्दै आएका छौ यस वर्ष पनि त्यसैको निरन्तरता हो।’ उनले भने।
घिमिरेले सो दिन ल्यानक्यास्टर आसपासमा रहने सबैलाई आ आफ्ना साना बाबु नानीलाई सहित सरस्वती पूजामा उपस्थित हुन आग्रह पनि गरेका छन्।
‘ हाम्रो परम्परा अनुसार सो दिन नयाँ बाबु नानीलाई अक्षर चिनाउने कार्यक्रम पनि हुने छ।’ घिमिरेले भने, ‘कार्यक्रममा यहाँहरूको उपस्थितिले धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न र नानीबाबुहरुलाई सहभागी हुन हौसला मिल्ने छ भन्ने हामीले विश्वास लिएका छौँ ।’