झन्डै १५ मिलियन डलर बराबरको लागु औषध कोकेन र १७ गैर कानुनी आप्रवासी पक्राउ

अगुआडिल्ला, प्यूर्टो रिको / अमेरिकी सीमा गस्ती अधिकारीहरू र प्यूर्टो रिको प्रहरी विभाग (फुरा) एकाइहरूले बिहीबार छुट्टाछुट्टै घटनाहरूमा १६ सय ४० पाउन्ड ( ७ सय ४४ किलोग्राम) कोकेन जफत गरेको छ।
यसका साथै अधिकारीहरूले हाइटी र डोमिनिकन गणतन्त्रका १७ जना गैर कानुनी आप्रवासीहरूलाई पनि पक्राउ गरेको जनाएको छ।अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी ) का अनुसार बरामद गरिएको कोकेनको अनुमानित मूल्य १४.८ मिलियन अमेरिकी डलर रहेको छ।
“अमेरिकी सीमा गस्ती र फुरा बिचको निरन्तर सफल सहकार्यले प्यूर्टो रिकोको सिमानाको रक्षा र यसका समुदायहरूको सुरक्षा गर्ने हाम्रो साझा प्रतिबद्धतालाई प्रदर्शन गर्दछ ।’ कार्यवाहक प्रमुख गस्ती अधिकारी रेगी जोनसनले भने, “एकै दिन यी छुट्टाछुट्टै घटनाहरूको नतिजा हाम्रो संयुक्त प्रयासको समर्पण र प्रभावकारिताको प्रमाण हो।”
जनवरी ९ मा, लगभग १:४२ बिहान, फुरा अरेसिबो मरीन युनिटले नेभिगेसन लाइट बिना बार्सिलोनेटा, दक्षिण पूर्व यात्रा गरिरहेको जहाज देखे पछि रोकेर खानतलासी गरेको थियो। फुराले रिपोर्ट गरेको छ कि तीन जना जहाजबाट भागेका छन्।
तस्करी गरिएको सामान अमेरिकी सीमा गस्तीले जफत गरेको र अनुसन्धानको लागि होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनलाई बुझाइएको सीबीपीको विज्ञप्तिमा उल्लेख छ।
यस्तै फुरा मरीन युनिटले डेसेचियो टापुबाट लगभग १० समुद्री माइल उत्तरमा योला जहाजलाई रोक्दा रामे सेक्टर सीमा गस्ती एजेन्टहरूले रिन्कोनको मारियाको बिचमा २३ फिट नीलो फाइबरग्लास योला फेला पारेको र त्यस जहाज भित्र खोजी गर्दा १७ जना गैर-नागरिकहरूलाई पक्राउ गरेको उल्लेख छ।
पक्राउ पर्नेमा डोमिनिकन ११ वयस्क पुरुष, ३ वयस्क महिला र हाइटीका ३ वयस्क पुरुष रहेको उल्लेख छ।