स्वस्थानी व्रत कथा आजदेखि सुरु

काठमाडौँ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दु धर्मावलम्बीको श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ ।स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
यसै अवसरमा महिनाभर साँखुस्थित शालीनदीमा ठुलो मेला लाग्ने गर्दछ ।