नागरिक खुसी भए मात्र सरकार बलियो : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि सरकार बलियो हुने बताएका छन् ।
फुटवेयर म्यान्रुफ्याक्वरर्स एसोसिएसन अफ नेपालको २३ औँ वार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा बोल्दै उनले प्रतिनिधिसभामा बहुमत नभैइ सरकार बन्दैन त्यसैले हरेक बनेका सरकारहरू बलिया हुने गरेको बताएका हुन् ।
उनले भने, ‘दुई वटा पार्टी नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनेको छ । हामी कहिलेकाहीँ कुनै सरकार बलियो भन्छौँ भने कुनै सरकारलाई कमजोर सरकार भन्छौँ । तर मलाई चाहिँ प्रत्येक सरकार बलियो लाग्छ । किन भने प्रतिनिधिसभामा बिना बहुमत सरकार बन्दैन । नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार बलियो यो कारणले हो भनेर चाहिँ प्रमाणित गर्नुपर्छ ।’
साथै उनले नागरिकले प्राप्त गर्ने लाभले मात्र यो सरकार बलियो हुने बताए । उनले नागरिक खुसी भए मात्र सरकार बलियो हुँदै जाने र प्रमाणित समेत हुने बताए ।