विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरहरूको हब बनाउनुपर्छ : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलेक्ट्रिकल इन्जिनियरहरूको लागी विद्युत प्राधिकरणलाई हब बनाउने बताएका छन् ।
आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै उनले विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव भएको भन्दै हालसम्म इन्टनसिपका विद्यार्थीहरूले प्राधिकरण चलाएको बताएका हुन् ।
उनले भने, ‘हाम्रो टेस्टिङ ट्रासफरहरु र वर्कसपहरु प्राय इन्टनसिपका विद्यार्थीले नै चलाएका छन् । करिब १२÷१५ सय जनाहरू इन्टर्नसिप हरेक लटमा चलिनै रहेको हुन्छ । इलेक्ट्रिकल इन्जिनियरहरूको लागि ६०÷७० सिट लोकसेवा मार्फत विज्ञापन निकालेको छौँ । विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरहरूको अभाव छ । इलेक्ट्रिकल इन्जिनियरहरूको लागि विद्युत प्राधिकरण एउटा ठुलो हब बन्छ, बनाउनुपर्छ ।’
उनले विद्युत प्राधिकरणले विभिन्न ठाउँमा वर्कसप, ट्रासफर्मल वर्कसप, टेस्टिङ ल्याबहरू स्थापना गरेको बताए । उनले स्थापना भएका ल्याबहरू अहिले अप्रेसनमा रहेको बताए ।
उनले भने, ‘विद्युत प्राधिकरणले प्रदेश÷प्रदेशमा नेपालगन्ज, बुटवल, विराटनगर,हेटौँडा काठमाडौँ लगायतका ठाउँहरूमा हाम्रो वर्कसप, ट्रासफर्मल वर्कसप, टेस्टिङ ल्याबहरू हाइ भोल्टिङ टेस्टिङ ३३के.बी सम्मको टेस्टिङ ल्याबहरूको स्थापना गरेर अहिले अप्रेसनमा छन् । विद्युत प्राधिकरणले इन्टनसिपको लागि सबैको लागि हुने गरी, इलेक्ट्रिकल इन्जिनियरहरू र इलेक्ट्रिकल सम्बन्धी तीन तह चार तहका जति पनि आउँछन् । इन्टर्नसिप खोलेका छौँ । खाजा भत्ता दिएर खोलेका छौ ।’