अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले गरिन् तोडफोड
सिराहा । सिराहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ ।
आइतबार उपाध्यक्ष गीता कुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन् ।
बा २ झ ३६४३ नं को स्कारपियो डुङ्गाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंहले आफैँले स्वीकार गरेकी छिन् । तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।