अमेरिकामा पाणिनीय भाषाको प्रशिक्षण एवं प्रचारका लागि पाठकको संयोजनमा समिति
|
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ अमेरिकामा पाणिनीय भाषाको प्रशिक्षण एवं प्रचारका लागि आचार्य चूड़ामणि पाठकको संयोजनमा समिति गठन गरिएको छ।
पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समिति अमेरिकाको सन् २०२४, डिसेम्बर २७ तारिख शुक्रवार बसेको बैठकले पाठकको संयोजनमा समिति गठन गरेको हो।
समितिको सदस्यमा आचार्य मेघराज निरौला र आचार्य देवराज तिवारी रहेका छन्।
बैठकले प्रारम्भमा जनवरी ५, २०२५ बाट पशुपति तथा बौद्ध मन्दिर लस एन्जलस तथा जयतु संस्कृतम् शाखा अमेरिकासँग मिलेर संस्कृत कक्षामा सहभागी हुने निर्णय पनि गरेको छ।
‘समितिको शाखा अरू देशमा पनि खोल्ने सन्दर्भमा नेत्रबन्धु पोखरेललाई आवश्यक सल्लाह र सुझावका साथ सहयोग गर्ने निर्णय गरियो।’ बैठकको निर्णय सार्वजनिक गर्न जारी विज्ञप्तिमा भनिएको छ।
यस्तै बैठकले पाणिनीय तपोभूमिको सहयोगार्थ के गर्न सकिन्छ भन्ने सन्दर्भमा सबैले आगामी बैठकमा योजना प्रस्तुत गर्ने निर्णय गरेको पनि जनाइएको छ।
बैठकमा निम्न पदाधिकारी हरूको उपस्थिति रहेको थियो।
१ ) संयोजकः आचार्य पीपलमणि सिग्देल
२ ) सचिव – डा लेखनाथ अधिकारी
सदस्यहरू –
३ ) डा केशब भट्टराई
४ ) डा केशर मणि घिमिरे
५ )आचार्य चुडामणि पाठक
६) आचार्य मेघराज निरौला
७ ) आचार्य देवराज तिवारी
८) बासुदेव अधिकारी
९) अमृत भण्डारी
१०) ऋषि अधिकारी
११) रीतादेवी प्रधान
१२) बिष्णु न्यौपाने खनाल
१३) हरि पोख्रेल
१४) हरि घिमिरे
१५) मनिष अधिकारी
नेत्र बन्धु पोखरेल
⁃ डा. लेख नाथ अधिकारी












