जि फन्ट सपोर्ट ग्रुप अमेरिका गठन
पेन्सिल्भेनिया/ नेपाल ट्रेडयूनियन महासंघ जि फन्ट सँग आबद्ध अमेरिकामा रहेका मजदुरहरूले जि फन्ट सपोर्ट ग्रुप अमेरिका गठन गरेका छन् ।
डिसेम्बर १५ मा पूर्व मजदुर नेताहरू प्रभुराम थापा र शान्ति जिरेलको आतिथ्ययतामा भएको भेलाले दिपक सापकोटाको अध्यक्षतामा सात सदस्यीय कमिटी गठन गरेको हो।
उक्त कमिटीको सचिवमा सोनु दनुवार चौधरि र कोषाध्यक्षमा केशव सुबेदी रहेका छन्। यसै गरी सदस्यहरूमा इन्द्र सिंह लामा, सुमि राई, कृष्ण ढकाल र दिपक लामिछाने रहेका छन्।
संगठनको सल्लाहकारमा प्रभुराम थापा ,शान्ति जिरेल र मञ्जु थापालाई चयन गरेको छ ।
‘कमिटीले अमेरिका भरी रहेका जि फन्ट सँग आबद्ध भएका पूर्व श्रमिक साथीहरू र यहाँ आएर विभिन्न पेशा व्यवसायमा रहनु श्रमिक साथीहरूलाई सपोर्ट ग्रुपमा जोड्दै संगठन विस्तार गर्ने निर्णय गरेको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ।