कराते प्रशिक्षक रन राईलाई ‘सोकी’ पदवी, मञ्चमै बने भावुक
|
Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ड्रुक इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसनका (डिस्का) प्रमुख प्रशिक्षक रन राईलाई सोकी पदवी प्रदान गरिएको छ।
अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा शनिवार सम्पन्न तीन दिने साधारण सभाले सेन्सी राईलाई सोकी पदवी दिने निर्णय गरेको हो।
‘सोकी भनेको हेड अफ फ्यामेली हो, उहाँ अब भुटानी करातेको पिता’ त्यही भएर यो सम्मान दिइएको हो । ‘डिस्का कोषाध्यक्ष टेक नेपालले समाज टाइम्स सँग भने, ‘यो जापानी शब्द हो।’
रन राई ३२ वर्ष देखि निरन्तर करातेमा सक्रिय छन्। उनले सन् १९९० मा नेपालको काकाडभित्तामा अर्जुन लम्साल सँग पहिलो पटक कराते सिकेका हुन्। उनले १९९२ देखि झापा स्थित शरणार्थी शिविरमा कराते सिकाउन शुरु गरेका थिए।
ह्यारिसबर्गमा रहेको डिस्काको केन्द्रीय डोजोमा शनिवार प्रशिक्षक रन राईलाई दोसल्ला ओढाएर कदर पत्र प्रदान गरिएको थियो।
सम्मानित भए पछि मन्तव्य दिन क्रममा उनी भावुक भनेका थिए। सम्बोधनको क्रममा उनको गला अवरुद्ध भएको थियो।
आफूले कठिन अवस्थामा कराते शुरु गरेको र त्यसलाई निरन्तरता दिन समुदायको पनि विषेश हात रहेको प्रशिक्षक राईले बताएका थिए। त्यस पछि उनी बोल्नै सकेनन्।

र यो पनि…












