नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको अग्रता
काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मत गणना भइरहेको छ । उपत्यका प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, र प्रतिष्ठान प्रदेशको मतगणना सकिएको छ।
मत परिणाम अनुसार अहिलेसम्म अध्यक्ष निर्मला शर्मा प्यानलले अग्रता कायमै राखेको छ ।
सार्वजनिक मत परिणामअनुसार:
निर्मला शर्मा: ३,०९२ मत
रमेश बिष्ट: २,२७४ मत
शर्माले बिष्टभन्दा ८१८ मतको अग्रता बनाएकी छिन्। यद्यपि, केन्द्रीय निर्वाचन समितिले सम्पूर्ण मत परिणाम एकै पटक सार्वजनिक गर्ने बताएको छ।
कर्णाली, सुदूरपश्चिम, मधेश, र एशोसिएट प्रदेशको मतगणना अझै जारी छ।
शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन्।
अन्य पदमा प्रतिस्पर्धा:
वरिष्ठ उपाध्यक्ष:
शर्मा प्यानलबाट दीपक आचार्य
बिष्ट प्यानलबाट रोशन पुरी
सापकोटा प्यानलबाट गोविन्दप्रसाद चौलागाईं
महिला उपाध्यक्ष:
शर्मा प्यानलबाट नितु पण्डित
बिष्ट प्यानलबाट गंगा पौडेल
समावेशी उपाध्यक्ष:
शर्मा प्यानलबाट उमिदप्रसाद बागचन्द
बिष्ट प्यानलबाट सुभाषप्रसाद साह
महासचिव:
शर्मा प्यानलबाट रामप्रसाद दाहाल
बिष्ट प्यानलबाट लेखनाथ न्यौपाने
सापकोटा प्यानलबाट जन्मदेव जैशी
कोषाध्यक्ष:
शर्मा प्यानलबाट रामकृष्ण ज्ञवाली
बिष्ट प्यानलबाट रामकृष्ण अधिकारी