भुटानी नरेशद्वारा बौद्धनाथ दर्शन
काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन् ।
शुक्रबार बिहान नेपाल आइपुगेका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गरेका थिए ।
भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश वाङचुक आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भुटानी नरेशलाई त्रिभुवन अन्तर्ष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले स्वागत गरेकी थिइन् ।