क्रिप्टो समर्थक पाउल एटकिन्स सेक्युरिटी नियामकको प्रमुख बने
पेन्सिल्भेनिया । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अधिकांश टिम सार्वजनिक गरिसकेका छन् । जनवरी २० मा सत्ता सम्हाल्न लागेका ट्रम्पले पछिल्लो नियुक्तिको रुपमा पल एटकिन्सलाई अमेरिकाको धितो र विनिमय आयोग (एसईसी) को नयाँ अध्यक्ष बनाएका छन् । यसैगरी ट्रम्पले एडम बोहलरलाई बन्धक मामिलाका लागि आफ्नो विशेष दूत बनाउने घोषणा गरेका छन् ।
बोहलर हाल स्वास्थ्य सेवा लगानी फर्म रुबिकन फाउण्डर्सका सीईओ हुन् । उनीहरूलाई यो जिम्मेवारी यस्तो समयमा दिइएको हो जब अमेरिकाले गाजा र विश्वका अन्य भागबाट कैदीहरूको रिहाइ सुनिश्चित गर्न प्रयास गरिरहेको छ ।
पौल एटकिन्स डिजिटल सम्पत्तिका बलियो समर्थक हुन् र यसअघि २००२ देखि २००८ सम्म जर्ज डब्लु बुश प्रशासनमा एसईसी आयुक्तको रूपमा सेवा गरेका थिए । उनी हाल डिजिटल सम्पत्ति र फिनटेक कम्पनीहरूको पक्षमा छन् । ट्रम्पको कार्यकालमा, भर्चुअल मुद्रा सम्पत्तिहरू जस्तै क्रिप्टोकरेन्सीमा यसले ठूलो र सकारात्मक प्रभाव पार्ने पक्का छ ।
ट्रम्पका अनुसार एट्किन्सले जनवरी २० मा ग्यारी जेन्सलरको स्थान लिनेछन् । गेन्सलरले गत महिना आफ्नो राजीनामाको घोषणा गरे र ट्रम्पले चुनावी अभियानको क्रममा वाचा गरे अनुसार उनलाई बर्खास्त गर्ने बताएका थिए । २०१७ देखि एटकिन्स डिजिटल चेम्बर अफ कमर्सको सह–अध्यक्ष पनि भएका थिए ।
ट्रुथ सोशलमा ट्रम्पले भनेका छन, ‘पल सामान्य ज्ञान नियमका लागि प्रमाणित नेता हुन् । उनी बलियो, नवीन पुँजी बजारको प्रतिज्ञामा विश्वास गर्छन् जसले लगानीकर्ताहरूको आवश्यकतालाई सम्बोधन गर्दछ । अमेरिकालाई पहिलेभन्दा ठूलो बनाउन डिजिटल सम्पत्ति र अन्य आविष्कारहरू मत्वपूर्ण भएकाले उनलाई विश्वास गर्न आग्रह गर्दछु ।’
राष्ट्रपति निर्वाचित ट्रम्पले पूर्व सिनेटर केली लोफ्लरलाई साना व्यवसाय प्रशासनको नेतृत्व गर्न रोजेका छन् ।