यू–१९ एसिया कपका लागि नेपाली टिमको विदाई, पहिलो खेल शुक्रबार
काठमाडौं । युएईमा आयोजना हुन लागेको एसीसी यू–१९ एसिया कप क्रिकेका लागि नेपाली टिमको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली टिमको विदाई गरेको हो ।
मंसिर १४ गतेदेखि आयोजना हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा नेपाली टिमले प्रतियोगिता खेल्दै छ । उक्त प्रतियोगिताका लागि क्यानले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
नेपाली टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगाएतले विदाई गरेका हुन् । नेपाली टिम यस प्रकार रहेको छ ।
हेमन्त धामी (कप्तान) अर्जुन कुमार (उप कप्तान) आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार ।
यू १९ एसिया कपमा नेपालले नोभेम्बर २९ (मंसिर १४ गते शुक्रबार) श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । यसैगरी डिसेम्बर १ (मंसिर १६ गते आइतबार) बंगलादेश र डिसेम्बर ३ (मंसिर १८ मंगलबार) अफगानिस्तानसँग खेल्ने छ ।
त्यसपछि मात्रै यु १९को टिममा रहेका खेलाडीहरु नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज क्लबमा आवद्ध हुने छन् ।