रवि लामिछानेलाई अझैं १५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । गत कार्तिक २ गते प्रहरीले हिरासतमा लिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्नका लागि अदालतले अनुमति दिएको छ ।
कास्की प्रहरीको नियन्त्रणमा रहेका रविलाई आइतबार अदालतमा म्याद थपका लागि लगिएको थियो । शुक्रबार उनको यसअघिको म्याद सकिएकाले आइतबार म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।
जिल्ला न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई अझैं १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
रविमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको आरोपमा प्रहरीले छानविन गरिरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप उनीमाथि छ । उनलाई यसबीचमा रुपन्देहीको सुप्रिम सहकारीको विषयमा पनि बयानका लागि बुटवल लगिएको थियो ।